रिहाइपछि प्रकाण्डले भने- ‘बादल र प्रचण्डले दुःख दिए’

रिहाइपछि प्रकाण्डले भने- ‘बादल र प्रचण्डले दुःख दिए’


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई आज सरकारले रिहा गरेको छ । सर्वोच्च अदालतको आदेशपछि मंगलबार साँझ रिहा गरिएका प्रकाण्डलाई यसअघि पटक पटक रिहा गरेर पुनः पक्राउ गर्दै विभिन्न जिल्लामा मुद्दा चलाइएको थियो ।

रिहाइपछि माइतीघर मण्डलामा उनको स्वागत तथा अभिनन्दनका लागि भेला भएका नेकपा कार्यकर्ता, समर्थक तथा शुभेच्छुकसमक्ष प्रवक्ता प्रकाण्डले सरकारले आफ्नो हत्या गर्ने योजना बनाएको तर असफल भएको आरोप लगाए ।

उनले आफ्नो रिहाइले आम जनताको विजयी भएको दाबी गर्दै प्रचण्ड र गृहमन्त्री बादलले अनाहकमा दुःख दिएकाले त्यसको बदला लिने संकेत गरे । ‘प्रचण्ड र बादलले हिजो हजारौँको हत्या गरेका छन्, अब उनीहरुलाई जनताको अदालतले कारवाही गर्नेछन्’, प्रकाण्डको भनाई थियो ।