ताइवानमा अमेरिकी हतियार बिक्रीको चीनद्वारा कडा विरोध

ताइवानमा अमेरिकी हतियार बिक्रीको चीनद्वारा कडा विरोध


ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो । चीनले अमेरिकी कदमप्रति वासिङ्टनको भद्र ध्यानाकर्षण गराएको सिन्ह्वाले जनाएको छ ।

राष्ट्रसङ्घको ताइवानलाई हतियार बेच्ने सहमतिले अन्तर्राष्ट्रिय कानून र सम्बन्धबारे आधारभूत सिद्धान्तलाई व्यापक उल्लङ्घन गरेको चीनको विदेशमन्त्रालयले मङ्गलबार जनाएको हो।

अमेरिका र ताइवानबीच हतियारसम्बन्धमा भएको सहमतिले चीन–अमेरिकाबीच भएका तीनवटा संयुक्त वक्तव्यको विरुद्धमा छ, चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङको भनाई छ । उनले यो एक चीन नीति चीनको सार्वभौम अधिकार र सुरक्षा चासोको विषय रहेको समेत बताएका छन् ।