नगद उठाउन आयो अर्को गिरोह

नगद उठाउन आयो अर्को गिरोह


राजधानी काठमाडौंमा विभिन्न उच्चपदस्थ व्यक्तिहरूसँग बार्गेनिङ गर्ने र नगद झार्ने एक गिरोह सक्रिय रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार गिरोहले नेपाल प्रहरीका उच्च अधिकृत, न्यायाधीशहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र राजस्व तथा कर कार्यालयका उच्चाधिकारीहरूको सूची तयार गरी उनीहरूको जस्तै आवाजमा ‘अनुचित’ संवादको रेकर्ड तयार गर्ने, एनिमेसन गरेर भिडियोसमेत बनाउने र त्यही अवाञ्छित सामग्री देखाएर बार्गेनिङ गर्ने गरेको पाइएको छ । कुनै झा र मोक्तान थरका व्यक्ति यस कार्यमा योजनाबद्ध किसिमबाट लागेको समाचारमा जनाइएको छ । गिरोहले रेकर्डेड सामग्री देखाउँदै तर्साएर अनेकौँ व्यक्तिहरूसँग लाखौँ रुपैयाँ सङ्कलन गरिसकेको सम्बद्ध सूत्रले जनाएको छ ।