प्रधानमन्त्री ओली–स्विट्जरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता

प्रधानमन्त्री ओली–स्विट्जरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता


प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र संघको मुख्यालयमा स्विट्जरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गरे ।

संयुक्त राष्ट्र संघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन आएका उनीहरूबीच सो अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । नेपालमा स्विट्जरल्यान्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यबाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको उपस्थिति थियो ।