अनियमितताको अभियोगमा पेट्रोब्राजलाई ८५ करोड डलर जरिवाना

अनियमितताको अभियोगमा पेट्रोब्राजलाई ८५ करोड डलर जरिवाना


अमेरिकी तथा ब्राजियाली अधिकारीले ब्राजिलको विशाल तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलरबराबरको जरिवाना गरेको छ ।

अमेरिकी तथा ब्राजियाली अधिकारीले पेट्रोबाजलाई ब्राजिलियाली नेता तथा राजनीतिक दललाई घुस दिएको अभियोगमा ८५ करोड अमेरिकी डलरबराबरको जरिवाना गरेको अमेरिकी न्यायिक विभागले जनाएको छ ।

पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो संख्यामा राजनीतिज्ञहरू, पेट्रोब्राजकै उच्चपदाधिकारीहरू तथा पेट्रोब्राजसँग सम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरूलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे–गराएको भन्ने आरोप लगाएको र उनीहरूलाई पक्राउ गर्नुपर्ने सिफारिस गरेको थियो ।

‘पेट्रोबासका उच्च तहका अधिकारी तथा सञ्चालक समिति सदस्यले करोडौँ अमेरिकी डलर आर्थिक अनियमितता गरी अनुचित ठेक्का सम्झौता गरेको ठहर भएको छ,’ विभागका सहमहान्यायाधिवक्ता ब्राइन बेन्कोस्कीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

जरिवानामध्येको ८० प्रतिशत रकम ब्राजिलियाली अधिकारीले तिर्नुपर्ने बताइएको छ ।