दुई कविता– मोतीराज बम
चोरको आँखाले
चोर नै देख्छ धरहरा
फटाहाको मनले
फटाहा नै सोच्छ घण्टाघर
नालको कीराले
नाल नै भन्ठान्छ सिंहासन
अनि तिमी भन्छौ
मैले–
काँडालाई पूmल देखँे
ढुङ्गालाई कोमल देखँे
घृणालाई प्रेम देखँे
विषलाई अमृत देखँे
मान्छेलाई ईश्वर देखँे
साँच्चै तिमी बौलाहा त भएनौ ?
०००
काँधमा धनुकाँड
हातमा मट्याङग्रा, र
कम्मरमा खुकुरी भिरेर
एउटा भिक्षु
ओम माने पेमे हँु भन्दै
बुद्ध खोजिरहेछ जङ्गलमा
एकान्त जङ्गल
उसको उपस्थितिमा
हर्षविभोर हुँदै
बुद्धको तलासका खातिर
बथानका बथान चराहरू भेला पार्छ
बगालका बगाल जनावरहरू जम्मा पार्छ
आजकाल–
जङ्गललाई पनि
रगत मनपर्ने रहेछ ।
प्रतिक्रिया