उपत्यकाव्यापी करातेमा मेन डोजो च्याम्पियन

उपत्यकाव्यापी करातेमा मेन डोजो च्याम्पियन


मेन डोजो भक्तपुरले प्रथम उपत्यकाव्यापी कराते तथा किकबक्सिङ प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन मेन डोजोले ६ स्वर्ण जितेको थियो । विद्या आर्जन सितोरियो शाखा डोजो भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण साथ आमन्त्रित काभ्रे एकेडेमी दोस्रो भयो । तेस्रो भएको भक्तपुर नगरपालिकाले ३ स्वर्ण हात पारेको थियो । प्रतियोगिताको पुरुषमा काभ्रेका साजन मोक्तान तथा महिलामा क्यामेलियाकी आयुशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २३ डोजोका २ सय २० पुरुष तथा ८९ महिला खेलाडीले विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।