नक्साल डोजोमा पेटी परीक्षा सम्पन्न

नक्साल डोजोमा पेटी परीक्षा सम्पन्न


नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालमा सिनियर तथा जुनियर ग्रेडिङ सम्पन्न भएको छ । उक्त ग्रेडिङमा ह्वाइट बेल्टदेखि सिनियर ब्ल्याक बेल्ट दोस्रो डानसम्मका खेलाडीहरूको ग्रेडिङ भएको थियो ।

उक्त ग्रेडिङमा ह्वाइट बेल्टदेखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरूमा समीर चौलागाईं, जेनिश कार्की, दीपेश भुजेल, बुद्ध तामाङ, शिवबहादुर काफ्ले रहेका छन् । त्यसैगरी अरेन्ज बेल्टदेखि हाफ ग्रिनतर्फ सांगे गुरुङ, काव्य राई, विशुकुमार यादव, रामविश्वास राउत कुर्मी, प्रतीक घर्तीमगर उत्तीर्ण भएका छन् ।

हाफ ग्रिनदेखि ग्रिन बेल्टमा उत्तीर्ण हुनेहरूमा अमृत गौतम दर्जी, सागर राई रहेका छन् । त्यसैगरी ग्रिन बेल्टदेखि स्टेप ब्राउनतर्फ अभय खपांगी, अशोक तामाङ, निशान श्रेष्ठ, विकास श्रेष्ठ, सागर राई सफल भए । स्टेप ब्राउनदेखि जुनियर ब्राउन बेल्टमा रेहन जावेद उत्तीर्ण हुन सफल भए भने सिनियर ब्राउनदेखि ब्ल्याक (बेल्टतर्फ सुदीप बलामी, रोहन चौधरी सफल भए । त्यस्तै रश्मिता श्रेष्ठ ब्ल्याक बेल्ट दोस्रो डान लिन सफल भएकी छिन् ।

३५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिङ नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता एवं नेपाल स्वयंसेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष गजेन्द्रबहादुर खपांगी ईश्वरले लिएका थिए । उक्त कार्यक्रममा शाखा डोजो नक्सालका कोषाध्यक्ष पुनम थापा, सहायक प्रशिक्षक एवं राष्ट्रिय निर्णायक सुकलाल मोक्तान, सहायक राष्ट्रिय खेलाडी तथा सहायक प्रशिक्षक आकाश पाल उपस्थिति रहेको थियो ।