१९औँ राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि सुवास पौडेलको परेवाले जितेको छ । उनको परेवा २३ घन्टा ४४ मिनेट उडेको थियो । नेपाल परेवा उडान खेल संघद्वारा आयोजित प्रतियोगितामा २२ घन्टा ५३ मिनेट उडेर राजकुमार वासु श्रेष्ठको परेवा तथा २१ घन्टा १० मिनेट उडेर गोरखशमशेर राणाको परेवा क्रमशः दोस्रो र तेस्रो भए । राणा गत दुई संस्करणका विजेता हुन् ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । इरिजिन सिजख्वाको परेवाले उत्कृष्ट परेवा घोषित हुँदै नगद ५ हजार पुरस्कार हात पारेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २७ प्रतिस्पर्धीका परेवा सहभागी थिए ।
प्रतिक्रिया