अन्तर्राष्ट्रिय मुवाँ थाईको तयारी पूरा

अन्तर्राष्ट्रिय मुवाँ थाईको तयारी पूरा


तेस्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँ थाई प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल राष्ट्रिय मुवाँ थाई संघले असोज १३ गते शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगितामा भारत, थाइल्यान्ड र अस्ट्रेलियाका खेलाडीले पनि प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए । १० प्रतिस्पर्धा हुने प्रतियोगिता दरबारमार्गस्थित क्लब डेजाबुमा सञ्चालन हुनेछ । मुवाँ थाईको इतिहासमै पहिलोपटक बृहत् अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष कक्षपतिले पत्रकार सम्मेलनमा जानकारी दिए ।