राखेपद्वारा खेलाडीहरूको कोटा निर्धारण

राखेपद्वारा खेलाडीहरूको कोटा निर्धारण


प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदमा जिल्लाबाट प्रदेशस्तरीय छनोटमा सहभागी हुने खेलाडी कोटाको निर्धारण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं आठौँ राष्ट्रिय खेलकुद– २०७५ कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा असोज १४ गते आइतबार सातदोबाटोमा बसेको बैठकले खेलाडी कोटा निर्धारण गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले क्षेत्रीय छनोटमार्फत खेल्ने खेलहरूको पनि यकिन गर्ने निर्णय गरेको कार्यकारी समितिका सचिव इन्द्र कार्कीले जानकारी गराएका छन् ।