तेक्वान्दो विकासका लागि संघहरूको भूमिका अहम्

तेक्वान्दो विकासका लागि संघहरूको भूमिका अहम्


नेपाल तेक्वान्दो संघको आयोजनामा संघ र प्रदेश संघका पदाधिकारीहरूबीच संयुक्त बैठक बसेको छ । नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङको अध्यक्षतामा बसेको उक्त संयुक्त बैठकमा केन्द्रीय पदाधिकारी र प्रदेश संघका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको थियो । उक्त संयुक्त बैठकको नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भोजबहादुर शाहले उद्घाटन गरे ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष शाहले तेक्वान्दो खेलको विकास र विस्तारका लागि प्रदेश संघहरूको भूमिका अहम् रहने कुरा बताउँदै तेक्वान्दो खेलको विगतको गौरवलाई कायम राख्न सबै सक्रिय र एकजुट भएर लाग्नुपर्ने बताए । सो अवसरमा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले संघको गतिविधि तथा भावी कार्यक्रमहरूबारे प्रकाश पारेका थिए ।

बैठकमा अगामी ८औँ बृहत् राष्ट्रिय खेलकुदलगायत संघका भावी गतिविधि एवं तेक्वान्दो खेलको विकासबारे बृहत रूपमा छलफल भएको थियो ।