दुबई ब्याडमिन्टन सिरिजमा प्रिन्स च्याम्पियन

दुबई ब्याडमिन्टन सिरिजमा प्रिन्स च्याम्पियन


नेपाली ब्याडमिन्टनका उदीयमान युवा खेलाडी प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजअन्तर्गतको यू–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् ।

प्रिन्सले असोज १४ गते आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको यू–१५ ब्वाइजतर्फ च्याम्पियन बन्न सफल भएका हुन् । दुबई इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास कायम गरेका छन् । प्रिन्सले पहिलो सेटमा २१–११ को सहज जित निकालेका थिए भने दोस्रो सेटमा पनि २१–११ ले विजयी भएका थिए ।

सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए । गत साता शुरु भएको सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, यूएई साउदी अरब, बहराइन, अल्जेरयाजस्ता राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रिन्स गत साता मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यू–१५ पुरुषतर्फ च्याम्पियन बनेका थिए । उनी पुरुष सिंगल्र्समा पनि सेमिफाइनलमा पुग्न सफल भएका थिए ।