लामो समयदेखि क्रिकेट खेलको विकासका लागि लागिरहेको नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालि र महाकाली स्पोर्टस् सोसाइटीको सहयोगमा सीडब्लूटीको आयोजनामा मैत्रीपूर्ण इन्डो नेपाल सीडब्लूटी टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता कात्तिक ४ गतेदेखि ८ गतेसम्म मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा नेपालको यू–१९ टिम र भारतको यू–१९ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई आयोजकले खेल सामग्री, बसोबास र यातायातको व्यवस्थापन गर्नेछ । प्रतियोगिताका सबै खेल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ । साथै नेपालको जनता टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारणका लागि कुरा अगाडि बढेको जानकारी आयोजकले गराएका छन् ।
प्रतिक्रिया