ओप्स टु ‘ए’ भलिबलमा दिल र प्रकाशको जोडी च्याम्पियन

ओप्स टु ‘ए’ भलिबलमा दिल र प्रकाशको जोडी च्याम्पियन


विभागीय त्रिभुवन आर्मी क्लबका दिल सुनार र प्रकाश थापाको जोडी ओप्स टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा भएको फाइनल खेलमा दिल र प्रकाशको जोडीले आयोजक ढोरपाटन क्लबका मनवीर छन्त्याल र सोभित रानाका जोडीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा दिल र प्रकाशको जोडीले पहिलो सेटमा १५–१२ को जित निकालेको थियो । दोस्रो सेटमा आर्मीको जोडी ११–१५ ले पछि प¥यो । त्यसपछिको दुवै सेटमा आर्मीको जोडीले १५–१० र १६–१४ को जित निकाल्न सफल भएको थियो ।

हेम छन्त्याल र महेन्द्र शेरचनको जोडीले महेन्द्र छन्त्याल र देवेन्द्र श्रीषको जोडीलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । उपाधिसँगै दिल प्रकाशको जोडीले ४० हजार रुपैयाँ प्राप्त ग¥यो । दोस्रो स्थानमा चित्त बुझाएका मनवीर सोभितको जोडीले २० हजार तथा तेस्रो भएको हेम छन्त्याल र महेन्द्र शेरचनको जोडीले ५ हजार रुपैयाँ प्राप्त गरे ।

अर्गानाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को मुख्य प्रायोजनमा ढोरपाटन क्लबले आयोजना गरेको प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाएका थिए ।