साइबरको दुरुपयोग आरोपमा द. कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

साइबरको दुरुपयोग आरोपमा द. कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी


दक्षिण कोरियाको प्रहरीले साइबरको प्रयोग गरी नागरिकको आमधारणालाई अनुदारवादीहरूको पूर्वसरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा आफ्ना पूर्वप्रमुख चो ह्युन–ओलाई पक्राउ पुर्जी जारी गरेको छ ।

सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय प्रहरी संगठनको प्रमुख रहेका चोले प्रहरी अधिकारीलाई सञ्चालन गरी इन्टरनेटमा ४० हजारभन्दा बढी सन्देश लेखी तत्कालिन सरकारको पक्षमा प्रचार गरेको आरोप लगाइएको छ ।

तत्कालिन राष्ट्रपति ली म्युङ–वाक प्रशासनको समर्थनमा उनले सकारात्मक विचार लेखेर वाकको पक्षमा जनमत देखाउन खोजेको आशङ्का गरिएको छ । हाल अवकाश प्राप्त भइसकेका चोले चाहिँ आरोपको खण्डन गरेका छन् ।

चोको नेतृत्वमा रहेका केही पूर्व प्रहरी अधिकारीसमेतको उक्त घटनामा सम्लग्नता रहेको आरोपमा अनुसन्धान जारी रहेको बताइएको छ, तर पक्राउ आदेश दिन अदालतले भने अस्वीकार गरेको छ ।