अन्तर्राष्ट्रिय मुवाँ थाईमा दीपक र सन्देश च्याम्पियन

अन्तर्राष्ट्रिय मुवाँ थाईमा दीपक र सन्देश च्याम्पियन


नेपालका दीपक नेपाली र सन्देश मानन्धर तेस्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँ थाई फाइटमा च्याम्पियन भएका छन् । नेपाल राष्ट्रिय मुवाँ थाई संघ र के ब्यागको संयुक्त आयोजनामा दरबारमार्गमा भएको प्रोफेसनल फाइटमा दीपक र सन्देश च्याम्पियन भएका हुन् । दीपकले अस्ट्रेलियाका एडम प्राइसलाई र सन्देशले भारतका एसभी हरिशरणलाई फाइनलमा स्तब्ध पारेका थिए ।

प्रोफेसनल फाइटमै अर्का नेपाली खेलाडी सञ्जय राई भने फाइनलमा थाइल्यान्डका नानचना श्रीसँग स्तब्ध भए । नेपालका गुणराजले भारतीय खेलाडी नन्जितलाई हराउँदै च्याम्पियन बनेका थिए । पुरुषको ५२ केजी नेपालका राहुल श्रेष्ठले राहुल थोकरलाई र ५७ केजी फाइनलमा सुमित महतोले सुनील सिरिस मगरलाई हराउँदै पहिलो भएका थिए ।

महिलातर्पm ५५ केजीमुनि विद्या गुरुङले खुस्बु तामाङ र ५२ केजीमुनि शर्मिला लामाले नतिसा रानामगरलाई फाइनलमा पराजित गरेकी थिइन् । पुरुषको ६० केजीमुनिको फाइनलमा विक्रम रानामगरले राजु राईलाई र ५३ केजीमुनि सनिल चौधरी कपिल देसारलाई पराजित गर्दै च्याम्पियन भएका थिए ।

एकदिने प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि प्रदेश–३ का सामाजित विकासमन्त्री युवराज दुलाल, नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेपाल कम्युनिस्ट पार्टीका प्रदेश–३ का अध्यक्ष नारायणप्रसाद दाहाल, के ब्याग स्पोर्टस्का अध्यक्ष कमल बस्नेत र नेपाल राष्ट्रिय मुवाँ थाई संघका अध्यक्ष गणेशलाल कक्षपतीलगायतले पुरस्कृत गरेका थिए ।