भेनेजुयलामा सन् २०१५ देखि शुरु भएको आर्थिक तथा राजनीतिक संकटका कारण अहिलेसम्म झन्डै २० लाख नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारीअनुसार हरेक दिन पाँच हजारजनाले भेनेजुयला छाड्ने गरेका छन् ।
‘मुलुक छाड्नेमध्ये सबैभन्दा धेरै ल्याटिन अमेरिकामा जाने गरेको पछिल्लो विवरणले देखाएको छ,’ राष्ट्रसंघीय शरणार्थी नियोग (यूएनएचसीआर)का प्रमुख फिलिप्पो ग्रान्टीले बताए । ‘विस्थापित हुनेहरू बढ्दै गइरहेकाले उनीहरूलाई गैरराजनीतिक मानवीय पहुँच बढाउन भर्खरै मात्रै शुरु भएको छ,’ उनले थपे ।
मुलुक छाडेका २६ लाख जनता अहिले विभिन्न देशमा रहेको सरकारी स्रोतलाई उद्धृत गर्दै शरणार्थी नियोगले जनाएको छ । भेनेजुयलालाई अहिले विभिन्न प्रकारका धेरै सहयोगको खाँचो रहेको समाचारमा जनाइएको छ ।
तेल निर्यातमा आश्रित भेनेजुयलामा सन् २०१४ देखि नै असर पर्न थालेको अधिकारीहरूले बताएका छन् । राष्ट्रपति निकोलस मडुरोको सरकारका विरुद्धमा विपक्षीहरू र नागरिक समाजले आन्दोलन गर्न थालेपछि भेनेजुयलामा आर्थिक तथा राजनीतिक संकट बढ्दै गएको हो ।
प्रतिक्रिया