भाारतको पुनेमा यही अक्टोबर २–८, मा आयोजना भइरहेको ५२औँ एसियाली शारीरिक सुगठनमा नेपालले सहभागिता जनाउने भएको छ । उक्त प्रतियोगितामा नेपालको तर्फबाट कमल भण्डारीले सहभागिता जनाउनेछन् ।
प्रशिक्षक ज्ञानेन्द्र नकर्मीको नेतृत्वमा रहने उक्त टिमलाई संघमा प्रथम उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी, सदस्य दिनेश श्रेष्ठ, अन्तर्राष्ट्रिय खेलाडी रुजेश शाहीलगायतले बिदाइ गरेका थिए ।
प्रतिक्रिया