भारतको मुम्बईमा भएको ४०औँ अन्तर्राष्ट्रिय पुम्से रेफ्री सेमिनारमा नेपालका अशोक खड्का उत्कृष्ट भएका छन् । भारतीय तेक्वान्दो संघको तत्वावधानमा विश्व तेक्वान्दो महासंघको आयोजनामा भएको सेमिनारमा १५ राष्ट्रका १ सय ३६ जना सहभागी थिए । सहभागीमध्ये अशोक उत्कृष्ट भएको नेप्लिज तेक्वान्दो संघका अध्यक्षसमेत रहेका अशोकले जानकारी गराएका छन् ।
पुम्से सेमिनारमा नेपालबाट चारजना सहभागी थिए । विश्व तेक्वान्दो पुम्से रेफ्री कमिटीका अध्यक्ष मुस्तफाले अशोकलाई प्रमाणपत्र प्रदान गरे । सेमिनार सेप्टेम्बर २८ देखि अक्टोबर १ तारिखसम्म भएको थियो ।
प्रतिक्रिया