नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँदिल्लीमा हुने वाइवा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा आर्मीका विमला श्रेष्ठ र पुनम रावलले नेपालबाट प्रतिनिधित्व गर्ने भएका छन् । हालै सम्पन्न छनोट प्रतियोगितामा पहिलो स्थान हासिल गरेपछि उनीहरू उक्त प्रतियोगिताको लागि छनोट भएका हुन् ।
विमलाले ५१ केजीमुनि र पुनमले ६० केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । विश्व च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा ५१ केजीमुनि तौल समूहमा त्रिभुवन आर्मीकी विमला श्रेष्ठ र ६० केजी तौल समूहमा आर्मीकै पुनम रावल छनोट भएका हुन् ।
सातदोबाटोस्थित रिङमा दुई दिनसम्म चलेको छनोट प्रतियोगिताको फाइनलमा असोज १६ गते मंगलबार विमलाले आफ्नै विभागकी मनु गुरुङलाई ५–० अंकका आधारमा पराजित गरिन् । त्यस्तै ६० केजीतर्फ आर्मीकी पुनमले प्रतिस्पर्धात्मक खेलमा एपीएफकी संगीता सुनारको चुनौती ३–२ अंकका आधारमा पन्छाइन् ।
त्यस्तै, पुनम र विमलालाई खेलकुद प्रवद्र्धन संस्थाका पुष्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरलाई नगद ५–५ हजार प्रोत्साहन पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा राखेप सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, गुरु सुरेशसिंह आलेलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया