राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा अन्तरविद्यालय फाइभ ए साइड टिचर्स फुटबल प्रतियोगिता असोज २३ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् । प्रतियोगिताका खेलहरू काँडाघारीस्थित अर्किड स्कुलमा हुनेछन् । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारको पनि व्यवस्था रहेको कोषाध्यक्ष भुजेलले जानकारी गराए । नकआउट प्रतियोगिताको फाइनल असोज २४ गते हुनेछ ।
प्रतिक्रिया