भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा तीनजनालाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा तीनजनालाई


लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ ।

क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक बनेकी छिन् । सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन् ।

उनीभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट (माएरले भौतिकशास्त्रतर्फ सो पुरस्कार पाएका थिए ।

डा. स्ट्रिक्ल्यान्डले अमेरिकाका डा. आर्थर यास्किन र फ्रान्सका डा. जेरा मोरूसँग आफूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएकी हुन् ।

यास्किनले पुरस्कारको आधा राशि अर्थात् आठ लाख ७० हजार यूरोको आधा रकम पाउने र अन्य दुईजनाले बाँकी आधा बाँड्ने नोबेल पुरस्कार समितिले जनाएको छ ।