नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी एकजुट भएर संगठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।
दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज आयोजना गरेको कार्यक्रममा उनले संविधानको कार्यान्वयन, संघीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततः कांग्र्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । कांग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रित गर्ने सुझाव आएको जानकारी दिँदै उनले यो गलत भएको बताए । पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्नुपर्ने उनले बताए ।
जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिए ।
कार्यक्रममा सांसद भीमसेनदास प्रधानले कांग्रे्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनतासमक्ष पु¥याएर अहिलेको अन्योल अन्त्य गर्न जुट्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया