राहदानीको नयाँ प्रणाली सुरु गरिँदै

राहदानीको नयाँ प्रणाली सुरु गरिँदै


परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले राहदानी सेवालाई हालको प्रणालीबाट नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ ।

विभागले एक सूचनामार्फत यही असार २९ गते नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जनाएको हो ।

साथै, हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला÷ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको छ ।

उक्त सूचनाअनुसार जिल्ला÷इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिनसम्म बन्द हुनेछ । त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ ।

साथै, यही असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुचारु हुने ब्यहोरा विभागले जानकारी गराएको छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभागले क्षमा मागेको छ । विभागले यसअघि गत फागुन २८ गते नै विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने सूचना जारी गरेको थियो ।