वरिष्ठ प्रशिक्षक गुरुङ र थापाको बिदाइ

वरिष्ठ प्रशिक्षक गुरुङ र थापाको बिदाइ


राष्ट्रिय तेक्वान्दो संघ नेपालले मकाउमा आयोजना हुने सेमिनार तथा ग्रेडिङका लागि तेक्वान्दोका तीनजना वरिष्ठ प्रशिक्षकलाई खटाएको छ । उक्त तीनजनाको टोलीमा वरिष्ठ तेवान्दो प्रशिक्षक तथा संघका उपाध्यक्ष ध्रुवबहादुर गुरुङ, संघका केन्द्रीय सल्लाहकार शेरबहादुर थापामगर र केन्द्रीय सदस्य प्रेमबहादुर भुजेल रहेका छन् । भुजेल यतिबेला मकाउमै रहेकाले उनले त्यहीँबाट सहभागिता जनाउनेछन् ।

संघले असोज १८ गते सानो भ¥याङस्थित केन्द्रीय कार्यालयमा बिदाइ कार्यक्रमको आयोजना गरेको थियो । संघका अध्यक्ष शिव कोइराला (ज्वाला), संघका संरक्षक समितिका संयोजक प्रदीप जोशी (टेकराज), महासचिव राजकुमार कार्की र राष्ट्रिय खेलकुद परिषद्का कानुन शाखाका अधिकृत नारायणराज अर्यालले वरिष्ठ प्रशिक्षकद्वय गुरुङ र थापालाई बिदाइ गरे ।

सो अवसमा संघका अध्यक्ष कोइरालाले आफ्नो जिम्मेवारी सफलताका साथ पूरा गर्न शुुभकामना दिएका थिए । सो अवसरमा वरिष्ठ प्रशिक्षक गुरुङले संघले दिएको जिम्मेवारी पूरा गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने बताए ।

तीनैजना प्रशिक्षकले मकाउ च्याप्टरमा आबद्ध समय पुगेका खेलाडी र प्रशिक्षकलाई ग्रेडिङ प्रदान गर्ने कार्यक्रम रहेको छ । यसभन्दा अघि उनीहरूले सेमिनारमा भाग लिने कार्यक्रम रहेको छ ।