नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघको आयोजनामा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने भएको छ । राष्ट्रिय खेलकुदमा नयाँ खेल संघको रूपमा दर्ता भएको नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २२ र २३ गते दुई दिन राजधानीमा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिपको आयोजना गर्ने जानकारी गराएको हो । च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने संघका अध्यक्ष ईश्वर लामाले जानकारी गराए ।
आर १६ मा ‘बी’ ब्वाइज र ‘बी गल्र्सबीच तथा नेपाल ब्रेकिन च्याम्पियनसिपमा विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । दुवैमा महिला र पुरुषबीच प्रतिस्पर्धा हुनेछ । आर–१६ को विजेताले आगामी नोभेम्बरमा ताइवानमा हुने विश्व फिनाले खेलमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछ । विश्व फिनालेमा १६ देशका ‘बी’ ब्वाइज र ‘बी’ गल्र्सले प्रतिस्पर्धा गर्नेछ ।
यस्तै ब्रेकिन च्याम्पियनसिपमा आयोजक नेपालसहित चार र बंगलादेशको सहभागिता रहनेछ । यसमा एक टिममा ५–५ जना रहनेछ । प्रतियोगिताको जजका लागि ताइवानबाट चोको र थाइल्यान्डबाट बी बोई गोन्जा र स्पाइस नेपाल आउनेछन् । सबै नतिजा २३ गते नै सार्वजनिक हुने आयोजकले जनाएको छ ।
ब्रेकिन एन्ड डान्स स्पोर्टस् जिम्न्यास्टिक र मार्सल आर्टको सम्मिश्रणको खेल हो । नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले अमेरिका र ताइवानमा मान्यता लिएको छ भने यो राखेपमा २०६ खेलमा दर्ता भएको छ ।
प्रतिक्रिया