संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । नेपाल आगमनलगत्तै प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको विवाद क्षणिक भएको दाबी गर्दै पार्टीमा कुनै समस्या नै नरहेकोले ढुक्क रहन कार्यकर्तालाई आग्रह गरेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसग कुरा गर्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा दिएको भाषणप्रति लक्षित हुँदैकहिलेकाही मान्छे भावनामा बगेर कविको जस्तो कविता भने पनि सबै त्यसको पछि कुद्नुपर्ने आवश्यकता नरहेको भन्दै ब्यंग्य गरे । सँगसँगै, माधव नेपालसँग आफ्नो ०२९ सालदेखिको सम्बन्ध रहेकोले सब ठिकठाक हुने जिकीर पनि उनले गरे ।
आफ्नो सरकार पाँच वर्ष चल्ने, यसैले निर्वाचन गराउने र अझ बलियो भएर आउने उनको दाबी थियो । आफ्नो अमेरिका र कोष्टारिकाको भ्रमण निकै फलदायी भएको र नजिकका छिमेकी भारत र चीनसँगको सम्बन्धमा प्रगाढता आएको प्रधानमन्त्रीको भनाई छ ।

प्रतिक्रिया