अवाञ्छित गतिविधि गरेको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टीको गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता कुमालसहित तीन नेता कार्यकर्ता पक्राउ परेका हुन् । बताइएअनुसार इन्चार्ज कुमालसहित अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुशान्त सुवेदी र संघर्ष उपनामका रामप्रसाद लामिछानेलाई आज (शुक्रबार) गोरखा बजारबाट पक्राउ गरिएको हो ।
यसैबीच सरकारले कर बढाएको विरोधमा भित्ते लेखन गर्दा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ । एकतिर वार्ताको आह्वान गर्दै सरकारले नेकपाका नेताकार्यकर्तामाथि धरपकड जारी राखेको सो पार्टीको भनाई छ ।
प्रतिक्रिया