जुनियर सफ्ट टेनिसको उपाधि शुभम् र सुनिरालाई

जुनियर सफ्ट टेनिसको उपाधि शुभम् र सुनिरालाई


दाङका शुभम् खनाल र काठमाडौंकी सुनिरा थापाले एनएसटीए जुनियर उमेरसमूह सफ्ट टेनिस प्रतियोगितामा असोज १८ गते बिहीबार स्वर्ण जितेका छन् । यू–१५ सिंगल्सको पुरुषमा शुभम् र महिलामा सुनिरा पहिलो भएका हुन् । दाङकै योगेशकुमार भण्डारी र महिलामा मोरङकी आभना कार्की दोस्रो भए ।

सुन्दरबस्तीस्थित नौलिन स्पोर्टस् भिल्लामा भएको प्रतियोगिताको यू–१८ ब्वाइज सिंगल्समा मोरङका आशिष बोहरा पहिलो र काठमाडौंका वृजेश पाण्डे दोस्रो भए । सोही स्पर्धाको महिलामा कैलालीकी भावना पनेरू पहिलो र मोरङकी अभिलाषा लामिछाने दोस्रो स्थानमा रहे ।

नेपाल सफ्ट टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यू–२१ सिंगल्सको ब्वाइजमा युकेश योञ्जन र गल्र्समा श्रेया राईले शीर्ष स्थान हात पारे । दुवै मोरङका हुन् । प्रतियोगिता दक्षिण कोरियामा नोभेम्बर १८ देखि २५ तारिखसम्म हुने तेस्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न आयोजना गरिएको संघका अध्यक्ष विनयविक्रम शाहले जनाएका छन् ।