नेपाल जितकुन्डो मार्सल आर्ट संघले राजधानीमा दुई दिन पाँचौँ अन्तर्राष्ट्रिय जितकुन्डो सेमिनार तथा जितकुन्डो प्रदर्शनी गर्ने भएको छ ।
संघले असोज १८ गते बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सेमिनार तथा प्रदर्शनी दुई दिन २० असोज र २१ असोजमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो । सेमिनार तथा प्रदर्शनीमा नेपालसहित श्रीलंका, भारत, इटाली र स्पेनका गरी करिब २ सय खेलाडीले सहभागिता जनाउने संघले जनाएको छ ।
उक्त सेमिनारमा एथेन्टिक ब्रुस्ली जितकुन्डो प्रशिक्षक सिफु टेड वाङका प्रशिक्षार्थी स्पेनका अन्तर्राष्ट्रिय प्रशिक्षक सिफु जोक्विन मार्सेलो र सहायक प्रशिक्षक चोनोले प्रशिक्षण दिनेछन् । श्रीलंकाका एमके रत्न नायके नेपाल आइसकेका छन् ।
प्रतिक्रिया