नेपाली यू– १८ महिला फुटबल टोली फाइनलमा

नेपाली यू– १८ महिला फुटबल टोली फाइनलमा


नेपाली यू–१८ महिला फुटबल टोली भुटानमा भइरहेको साफ च्याम्पियनसिपमा भारतलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा आज भएको खेलमा नेपाल उपाधिको दाबेदार मानिएको भारतलाई ३–१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

दुवै टोलीबाट निर्धारित ९० मिनेटमा १–१ गोल भएको थियो । त्यसपछि थपिएको ३० मिनेटमा दुवै समूहबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

पेनाल्टी सुटआउटमा नेपाल ३–१ ले विजय हुँदै फाइनल प्रवेश गरेको हो ।