प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको कंगोका अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाका अनुसार पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो । घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइए पनि मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया