आज दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । नेपाल विद्यार्थी संघको विधान, पार्टीको संशोधित विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो ।
कांङ्ग्रेसले यसअघि बोलाइएका बैठकमा तयारी नपुगेको भन्दै मिति सार्दै आएको थियो । तर केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज २ बजे बस्ने बैठकमा पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालयको बैठक बोलाइएको छ । बैठक आज अपराह्न ४ बजे बोलाइएको हो ।
प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि पैदा भइरहेका बेला प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
यसअघि बसेको सचिवालय बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि नेपाल समूहभित्र असन्तुष्टि पैदा भएको छ । अध्यक्ष ओलीले एकलौटी गरेपछि नेपाल समुह छलफलविपरीत प्रदेश कमिटीको जिम्मेवारी तोकिएको भन्दै नोट अफ डिसेन्ट नै लेख्दै आएका छन् । दर्ज गराउँदै छन् ।
बैठकमा सरकारको काम कारबाहीका बारेमा समेत छलफल हुने बताइएको छ । सरकारको कामबारे पार्टीभित्रै चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया