दोस्रो चन्द्रागिरि अन्तरसहकारी फुटसल प्रतियोगिताको उपाधि सिमल बचत तथा ऋण सहकारी संस्थाले जितेको छ । शनिबार भएको फाइनल खेलमा खुसीखुसी सहकारीलाई ६–० गोलले पराजित गर्दै सिमलले उपाधि जितेको हो ।
नयाँ नैकापमा अवस्थित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा १२ सहकारी टोलीको सहभागिता रहेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, एन्फा फुटसल समितिका उपसंयोजक सुन्दर थापा र तपाईं–हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनोजकुमार थापामगरलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया