यसकारण कांग्रेसका चार नेताले लेखे नोटअफ डिसेन्ट

यसकारण कांग्रेसका चार नेताले लेखे नोटअफ डिसेन्ट


आइतबार राति अबेरसम्म कांग्रेस केन्द्रीय समितिको बैठक बस्यो । राति ११ बजे सकिएको बैठकको निर्णयहरु माइन्युट गर्दा झण्डै १२ बजेको थियो । तर बैंठकले गरेको निर्णयमा भने केही नेताहरुले अडान लिए । केन्द्रीय समितिको बैठकमा नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार जनाले नोटअफ डिसेन्ट लेखेका छन् । जसले गर्दा बैठकले गरेको निर्णय कार्यन्वयनमै शंका उब्जिएको छ । जुन निर्णयले नेवि संघको आसन्न महाधिवेशनमा ३२ वर्ष कटेका नेताहरु उम्मेदवार नै हुन नपाउने भए ।

‘यो निर्णयमा प्रभावशाली नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन्,’ एक नेताले भने, ‘बैठकले गरेको निर्णयमा फरक फरक मतभेद छ । यसैले यो कार्यन्वयनमा भने चूनौति देखिएको छ ।’ बैठकले गरेको निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट नै लेखेका छन् ।