यसरी सकियो नेकपा सचिवालय बैठक

यसरी सकियो नेकपा सचिवालय बैठक


नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज (सोमबार) बसेको सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । तर, बैठकले स्थायी कमिटी बैठकको मिति भने गरेको छैन ।

तर, मिति तय नभएको स्थायी समिति बैठकका एजेन्डा तय गर्न भने पर्सि बुधबार सचिवालय बैठक बस्ने भएको छ ।

हिजो बस्ने भनिएको सचिवालय बैठक अध्यक्षद्वय केपी ओली शर्मा र पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण आज सोमबारसम्मका लागि स्थगित भएको थियो । आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओलीले अमेरिका, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन भ्रमणबारे जानकारी गराएका थिए ।

आजको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असहमतिपत्र पनि पेस भएको छ । पर्सि बुधबार बस्ने सचिवालय बैठकमा नेपालको असन्तुष्टिबारे पनि छलफल हुने भएको छ ।

वरिष्ठ नेता नेपालले प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष र सचिव मनोनयनप्रति अध्यक्षद्वयले आफूखुसी गरेको भन्दै असन्तुष्टि जनाउँदै लिखित असहमति नै दर्ता गरेका छन् ।

नेपालले प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष र सचिवको टुंगो सचिवालयबाट नभई स्थायी कमिटीबाट हुनुपर्ने तर्क गर्दै आएका छन् । सो निर्णय नेपाल नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा गएको समयमा भएको थियो ।