कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गर्न सकेन : कोइराला

कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गर्न सकेन : कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्नेजति भूमिका कांग्रे्रेसले निर्वाह गर्न नसकेको उल्लेख गरे । कोइरालाले भने, ‘नेपाली कांग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।’ उनले संसदीय दल कमजोर बनेको बताए ।

अर्काे एक प्रसंगमा उनले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताए । नेपाल विद्यार्थी संघको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको कोइरालाको भनाइ छ ।