अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ ।
उनको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ ।
छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार भएकी फ्रैबा रहमानीको मृत्यु भएको हो ।
उहाँ तीन दिन अगाडी घाइते हुनु भएको हो । उहाँको हेरात क्षेत्रीय अस्पतालमा सोमबार निधन भएको अधिकारीहरूले जनाएका छन् । क्वाडिस जिल्लाकी बासिन्दा फ्रैबा ५५ बर्षको थिए ।
अफगानिस्तानमा यही २० अक्टोबरका दिन संसदीय निर्वाचन हुन लागेको छ । निर्वाचन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गइरहेका छन् ।
निर्वाचनका लागि मताधिकार भएका झण्डै नब्बे लाख मध्ये ३० लाख महिला रहेको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया