सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ

सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ


उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा घुससहित पक्राउ परेका छन् । थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो । सहन्यायाधिवक्ता थापालाई आज बिहान करिब नौ बजे घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

उनी कपिलवस्तुका रामकुमार टण्डनसँग सो रकम लिँदालिँदै उच्च सरकारकी वकिलको कार्यालय परिसरबाटै पक्राउ परेका हुन् । थापाले टण्डनका छोरा अनुपमको ठगी मुद्दा मिलाइदिने भन्दै सो रकम लिएको बुझिएको छ ।