केन्यामा सडक दुर्घटनामा ४२ जनाको मृत्यु

केन्यामा सडक दुर्घटनामा ४२ जनाको मृत्यु


केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरू पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरू बढ्न सक्ने बताए ।

प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो । बसमा ५२ जना यात्रु रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

उक्त बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा वर्षेनी करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो ।