दुर्घटना न्युनीकरण गर्न राजमार्गमा सवारीचालकलाई चियापान

दुर्घटना न्युनीकरण गर्न राजमार्गमा सवारीचालकलाई चियापान


राजविराज । विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सम्भावित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले राजर्मागमा सवारी चालकहरुलाई चिया कफी खुवाउने कार्यकम बुधबारदेखि शुरु गर्न लागेको छ ।

सुरक्षा योजनाअनुसार चाडपर्वको समयमा सवारी साधनहरुको बढ्दो मागका कारण सवारी चालकहरु धेरै समयसम्म खटिनु पर्ने भएकोले सम्भावित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सवारी चालकहरुलाई चिया कफीसहित रिफ्रेस गर्ने कार्यक्रम शुरु गर्न लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भावेस रिमालले जानकारी दिएका छन् ।

देशको राजधानी काठमाडौंसहित लामो दुरीबाट आउने यात्रुवाहक बस तथा माइक्रोबसका चालक र सहचालकहरुका लागि गर्न लागिएको सो कार्यक्रमको शुभारम्भ आज (बुधबार) दिउँसो १.१५ बजे गर्न लागिएको जानकारी समेत रिमालले दिए ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथस्थित जिल्ला ट्राफिक कार्यालयमा रातिको समयमा कार्यक्रम सञ्चालन गरिने जानकारी समेत उनले दिए ।