असोज ३१ सम्मका लागि रूट परमिट खुला

असोज ३१ सम्मका लागि रूट परमिट खुला


आजदेखि असोज ३१ गतेसम्म जुनसुकै रुटका सवारीसाधन पनि देशभर गुड्न पाउने भएका छन् । दशैँमा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या उच्च हुने तथा रूट परमिटकै कारण सवारीसाधन अभाव हुने हुँदा यात्रुको सहजताका लागि रुट परमिट खुला गरिएको हो ।

दशैँमा उपत्यका छोडेर देशका विभिन्न स्थानमा रहेका आफ्नो घर जाने यात्रुहरू अत्यधिक रहने र सधैँ नियमित जाने सवारीसाधनले मात्र यात्रु ओसार्न नसक्ने भएका कारण यातायात व्यवस्था विभागले आजका मितिदेखि यही असोज ३१ सम्मलाई रुट परमिट खुला गरेको हो ।

रुट परमिटसँगै यस अवधिभित्र जुनसुकै रूटका सार्वजनिक सवारीसाधन निर्वाध रूपमा देशका जुनसुकै स्थानमा सञ्चालन हुन पाउने भएका छन् ।

आजदेखि असोज ३१ सम्मका लागि रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकाल बताएका छन् । उनका अनुसार रुट परमिट खुला भएसँगै कुनै पनि सवारीसाधनले यात्रुलाई सहज रूपले गन्तव्यमा पु¥याउन र ल्याउन पाउने भएका छन् ।