विदेशमा काम लगाइदिने भन्दै ठग्ने पक्राउ

विदेशमा काम लगाइदिने भन्दै ठग्ने पक्राउ


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई आज पक्राउ गरेको छ ।

रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु. एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेस्कीस्वरूप प्रतिव्यक्ति रु. एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका आधारमा ब्युरोले तीनजनालाई पक्राउ गरेको हो ।

हालसम्म ३९ पीडितबाट रु. ४५ लाख ११ हजारभन्दा बढी रकम लिएको उजुरी प्राप्त भएको र थप जाहेरी आउने क्रम जारी रहेको ब्युरोले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोटका राजु तामाङ, ललितपुरका ज्ञानगोविन्द वैध र सिन्धुपाल्चोकका जगतबहादुर श्रेष्ठ छन् ।

उनीहरूले ४०–४५ व्यक्तिसँग रकम र राहदानी संकलन गरिसकेको खुल्न आएको छ । उनीहरूविरुद्ध आजै काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।