पाँच सय वर्षसम्म शव सकुशल
कुनै विशेष उपाय नअपनाईकनै मृत्यु भएको पाँच सय वर्षपछि पनि शरीर उस्ताको उस्तै रहेको कुरा अपत्यारिलो लाग्न सक्छ, तर अर्जेन्टिनामा एउटी केटीको पाँच सय वर्ष पुरानो शव ताजा र सुन्दर अवस्थामै भेटिएको छ । वैज्ञानिक एवम् सम्बन्धित विषयका विशेषज्ञहरूले जाँच गर्दा केटीको शव पाँच सय वर्ष पहिलेको भन्ने पुष्टि भए पनि यतिका वर्षसम्म कसरी तरोताजा देखिने गरी शव सुरक्षित रह्यो भन्ने सवालमा चाहिँ थप अनुसन्धान चलिरहेको छ । किनकि उक्त मृत केटीको शरीरको छालामा कत्ति पनि परिवर्तन नआएको कारण वैज्ञानिकहरू छक्क परेका छन् । अन्वेषकहरूले त्यतिबेलाको सभ्यतामा चलेको संस्कारअनुसार उक्त केटीलाई बलि दिइएको हुन सक्ने अनुमान गरेका छन् । त्यतिबेला भगवान्लाई खुसी पार्न सानी र सुन्दर केटीको बलि चढाउने प्रचलन थियो । त्यस्ती केटी पवित्र हुने विश्वासका साथ मानिस सुन्दर बालिका बलिका लागि चयन गर्दथे । नाम सभ्यतामा बलि दिने तरिका पनि गजबको थियो । जसलाई बलि चढाइने हो उसलाई जिउँदै हिउँमा पुरिन्थ्यो । उक्त केटीलाई पनि यस्तै गरिएकाले चिसोका कारण शव उस्ताको उस्तै रहेको अनुमान वैज्ञानिकहरूले गरेका हुन् । तर, यत्तिका वर्षसम्म यो कसरी सम्भव छ भन्दै उनीहरू थप अनुसन्धानमा जुटेका छन् ।
गुलाम बनाउने महिलाको अनौठो शोख
संसारमा रहेका अर्बौं मानिसमध्ये कतिपयका स्वभाव बडो विचित्रका हुन्छन् । कसैको स्वभाव अरूमाथि अधिकार जमाएर हुकुम चलाउने हुन्छ त कसैको हुकुम सहने स्वभाव पनि हुन्छ । सनफ्रान्सिस्को (अमेरिका) निवासी परसीफन नामक यी महिलाको स्वभावचाहिँ अरूमाथि हुकुम चलाउने रहेको छ । आफ्नो यो इच्छा पूरा गर्नका लागि उनले अनौठो उपाय अवलम्बन गरेकी छिन् । उनले महिनौँ लगाएर एक यस्ती महिलाको खोजी गरिन् जसलाई उनी कुकुरतुल्य बनाएर गुलामको रूपमा अधिकार जमाउन चाहन्थिन् । गोल दुनियाँमा खोजे के फेला पर्दैन र ? यसरी कुकुरको भोषमा परसीफनको गुलाम बन्न चाहने पनि एक–दुईजना मात्र नभई थुप्रै सुन्दर तथा जवान महिला फेलापरे । मालिक्नी बन्नका निम्ति परसीफनले आफ्नो लागि एक विशेष वस्त्र तयार गराएकी छिन् भने उसै तवरले आफ्ना गुलामहरूका निम्ति पनि उनले कुकुरको झल्को आउने खालको पोसाक तयार गराएकी छिन् । परसीफनका लागि कुकुर बनेका महिलाहरू मालिक्नीको आदेशअनुसार भुक्न र लात सहन तयार हुन्छन् । आश्चर्य त यो छ कि ती महिलालाई यो ‘जागिर’ निकै मन परेको छ । तर, कुकुरको भेष धारण गर्न परसीफनले दिएको कसिलो सुट घन्टौँसम्म पहिरिने कार्यचाहिँ कष्टपूर्ण रहेको उनीहरूको गुनासो छ ।
भूतसँगको सेक्समा अभिनेत्री रोमाञ्चित
भूतले जिउँदी–जाग्दी महिलासँग यौनसम्पर्क गर्न सक्ला ? युक्रेनकी एक फिल्म अभिनेत्रीको कुरा पत्याउने हो भने त यो सम्भव मात्र होइन पटक–पटक घटना नै घटिसकेको छ । युक्रेनी टीभीमा बारम्बार अन्तर्वार्ता दिइरहने कलाकार नतासा ब्लासिकले हालै दिएको एक टीभी अन्तर्वार्ताका क्रममा आफूले भूतसँग दुईपटक सेक्स गरेको दाबी गरेर सबैलाई चकित पारिदिएकी छिन् । उनका अनुसार एक दिन नतासा आफ्नो बेडरुममा पल्टिरहेकी थिइन्, यस्तैमा कोठाभित्र कोही प्रवेश गरेको आवाज आयो, तर दृश्यमा भने कोही थिएन । यसैबीच कसैले उनलाई सुम्सुम्याउन थाल्यो र उनी भने रोमाञ्चित हुँदै गइन् । कुरा यत्तिमा सीमित रहेन, कसैले अत्यन्त आनन्ददायक किसिमबाट उनीसँग यौनसम्पर्क गर्न थाल्यो, नतासाले पनि कुनै प्रतिरोधको चेष्टा गरिनन् । एक क्षणपछि त्यो अदृश्य तत्व उनीसँग छुट्टिएर कोठाबाहिर निस्किएको आवाज आयो । यस्तो घटना दुईपटक घटिसकेको नतासाको दाबी छ । उनले यो कुरा आफ्ना श्रीमान्सँग पनि सेयर गरिन् । आफू त्यो घटनाका बेला अत्यन्त रोमाञ्चित भएको सुनाउँदा पनि श्रीमान्ले कुनै आपत्ति प्रकट नगरी सहज रूपमा लिएको नतासाको कथन छ ।
आउँदै छ भोक घटाउने ट्याब्लेट
जतिबेला पनि खानेकुरा खाइरहनुपर्ने आदत (ओभर इटिङ)को सिकार भएका मानिसका लागि वैज्ञानिकहरूले खुसीको खबर दिएका छन् । हरेक क्षण भोकको अनुभूति भई खानेकुरा खाँदा अनावश्यक रूपमा शारीरिक तौल बढ्न गई मोटोपन र स्वास्थ्यसम्बन्धी विविध समस्याको सामना गर्नुपर्ने अवस्थामाथि संवेदनशील हुँदै अन्वेषकहरू निकै समयदेखि शोध–अनुसन्धानमा जुटेका थिए । अब त्यस्तो आदतको सिकार बनेकाहरूको लागि भोक नलाग्ने या कम गर्ने ट्याब्लेट बन्ने भएको छ । इम्पेरियल कलेज लन्डन र मेडिकल रिसर्च काउन्सिलका शोधकर्ताको एक टिमले असामान्य भोक अन्त्य गर्ने ‘मोलिक्युल’ पत्ता लागेको दाबी गरेको छ । उक्त मोलिक्युलको सहयोगले यस्तो चक्की निर्माण गरिनेछ जसको सेवन गर्दा दिमागमा भोक मेटिएको सन्देश प्रवाहित हुन पुग्छ । आफूलाई आवश्यक पर्ने खानेकुरा ठीक समयमा खाने र अन्य अवस्थामा उक्त चक्की सेवन गरिदिएपछि जतिबेला पनि केही न केही खाइरहने आदत नियन्त्रण भई लाभ पुग्ने शोधकर्ता वा वैज्ञानिकहरूको विश्वास छ ।
संसारकै बूढी कहलिने आमैको रहर
जापानकी मिसाओ ओकावा नामक वृद्धालाई संसारकै सबभन्दा बूढी महिला मानिएको छ । तर, पेरूकी ११६ वर्षीया फिलोमिना ताइपे मेन्डोजा नामक वृद्धाले विश्वकी सबभन्दा बूढी महिलाको उपाधि हासिल गर्न कम्मर कसेकी छिन् । २० डिसेम्बर १८९७ मा जन्मिएकी मेन्डोजा पेरूमा अत्यन्त गरिबीयुक्त जीवन गुजारिरहेकी छिन् । गिनिज बुकमा नाम लेखाएर आफूलाई सबभन्दा वृद्धा जीवित महिला कहलाउन लागिपरेकी मेन्डोजा उमेरले चाउरी परेको अनुहारमा चमक ल्याउने प्रयास गर्दै ठट्टाको भावमा भन्छिन्, ‘म पछिल्लो शताब्दीकी महिला नभई त्योभन्दा पनि पहिलेकी हुँ ।’ आफ्नो लामो उमेर र तन्दुरुस्तीको रहस्य प्राकृतिक आहारविहार भएको बताउने उनी हरदम आलु, भेडा र बाख्राको दूधबाट बनेको पनीर खाने गरेको खुलासा गर्छिन् । आफ्नै खेत–बगैँचाका अन्न र फलफूल मात्र पकाउने र खाने गरेकी मेन्डोजाले डिब्बामा बन्द गरेको खानेकुरा जीवनमै हात लगाइनन् । सानै उमेरमा नौ सन्तानकी आमा बन्न पुगेकी उनी जवान उमेरमै विधवा बन्न पुगेकी थिइन् । एकपटक फेरि दाँत उम्रिदिए बाख्राको मासु स्वादिष्ट ढङ्गले पकाएर खाने उनको रहर छ ।
क्याट्रिनाले कुमारित्व बेच्ने
अमेरिकाकी एक मेडिकल स्टुडेन्टले इन्टरनेटमार्फत आफ्नो कुमारित्व लिलामीको घोषणा गरेकी छिन् । ब्राजिलकी २१ वर्षीया छात्रा क्याट्रिना मिगलियोरिनीले बेच्न लागेको भर्जिनिटीको चर्चा सेलाउन नपाउँदै २७ वर्षीया अमेरिकी युवती एलिजाबेथ रेनेले कुमारित्व बेच्ने घोषणा गरेकी हुन् । रेनेले कुमारित्वको बिक्रीबाट करिब पौने चार करोड रुपैयाँ आर्जन हुने अपेक्षा राखेकी छिन् भने कुमारित्व बेच्नुको मुख्य उद्देश्य उनले पैसा कमाउनु नै रहेको स्वीकार गरेकी छिन् । तर, उनले कमाइको ३५ प्रतिशत हिस्सा च्यारिटीमा दान दिने जानकारी पनि गराएकी छिन् । अहिलेसम्म आफ्नो कुमारित्वप्रति खासै वास्ता नराखेको तर यति लापरवाह बन्दा पनि आजसम्म भर्जिनिटी कायम रहेको दाबी रेनेको छ । २७ वर्षको उमेरसम्म कुनै महिला या पुरुषलाई आफूले नाङ्गो रूपमा नदेखेको पनि उनको दाबी छ । धेरै महिला आफ्नो कुमारित्व गुम्ने कुरालाई जीवनकै अत्यन्त महत्वपूर्ण विषय ठान्छन्, तर रेने यो साधारण कुरा भएको स्वीकार गर्छिन् । यसरी कुमारित्व लिलाम गर्नु आफ्ना लागि अत्यन्त साधारण कुरा भएको अभिव्यक्ति दिने उनले सजिलै पैसा आउने देखेर यो कदम चालेको बताएकी छिन् । आफ्नो अहिलेसम्म कुनै ब्वाइफ्रेण्ड नरहेको र साथीहरूले कुमारित्व बेच्ने निर्णयको स्वागत गरेको रेनेको भनाइ छ । कुमारित्व बेच्ने फैसलाका कारण भाइले आपत्ति जनाएको तर बाबुआमाले रोकटोक नगरेको कथन उनको छ । आफ्नो कुमारित्व भोग गर्न सबभन्दा धेरै पैसा तिर्न तयार हुने व्यक्तिका लागि आफू फाइभस्टार होटलमा १२ घन्टाका लागि उपलब्ध हुने प्रतिबद्धता क्याट्रिनाले जनाएकी छिन् ।
प्रतिक्रिया