कम्युनिस्टले बनाउलान् देश ?

कम्युनिस्टले बनाउलान् देश ?


the-buttomlineनेपालमा राजनीतिक–सामाजिक विश्लेषण गर्नेहरूको कमी छैन । तर, त्यसरी विश्लेषण गर्नेहरू प्रायशः कुनै न कुनै पार्टीका वा नेताका पुजारीजस्तै छन् । जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र निष्पक्ष चिरफार गर्नेहरूको सङ्ख्या अत्यन्त न्यून छ । आफूलाई मानवअधिकारवादी, महिला अधिकारवादी आदि भन्नेहरू पनि कुनै न कुनै पार्टीका खेतालाहरू छन् । पार्टीका कार्यकर्ताजस्तै भएर अधिकारको आवाज उठाउने, ¥याली र कार्यक्रम गर्नुभन्दा बरु मासुपसल खोलेर व्यापारमा लाग्नु राम्रो हुने थियो । एक समयमा ‘१५ वर्षमा नेपालको मुहार फेरिन्छ गणतन्त्र आएपछि’ भनेर धाराप्रवाह कुर्लने कृष्ण पहाडीहरू अहिले कहाँ भूमिगत भए, अत्तोपत्तो छैन । विद्यार्थी, शिक्षक, पत्रकार, कानुनविद्, कर्मचारी, कलाकारजस्ता व्यक्तिहरूले स्वतन्त्र पहिचान राख्नु र कुनै पनि दलका कार्यकर्ता नबनेकै जाति हो । तर, नेपालमा सबैलाई राजनीति लाग्ने गर्दछ, सबैलाई नेता बन्नु छ, तात्कालिक फाइदा उठाइहाल्नु छ र ठूलो मान्छे बन्नु छ । यही कारणले गर्दा यो मुलुकमा स्वतन्त्र र निष्पक्ष विचार राख्नेहरूको खडेरी परेको छ ।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको विषय यसरी उछालियो कि मानौँ न्यायाधीशहरू टे«ड युनियनका कार्यकर्ता हुन् । उनीहरूको नियुक्तिलाई कुनै संस्थानको जीएम नियुक्ति गरिएजस्तै भागबन्डाको राजनीति गरियो । यसले न्यायालयको गरिमामा आँच त आयो नै अझ न्यायाधीशहरूको मानमर्दन पनि भइरहेको छ । संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को निर्णयलाई अस्वीकार गर्ने भन्ने प्रश्न नै उठ्दैन किनकि कि त न्यायपरिषद् गठन गर्नै हुँदैनथ्यो, गठन गरिसकेपछि त्यसको निर्णय उल्टाउनु न्यायाधीशहरूको बेइज्जत गर्नुजस्तै हो । घुस नखाने व्यक्तिलाई नेपालमा न्यायाधीश अक्सर बनाइँदैन । नेपालमा न्यायाधीशहरू को कम भ्रष्ट छ भन्ने प्रश्न मात्र महŒवपूर्ण हो । त्यसकारण स्वच्छ छवि भएको र नभएको बहस नेपालको परिपे्रक्ष्यमा हास्यास्पद छ । न्यायाधीशहरूले नेताकहाँ धाउने र पार्टी कार्यालयमा जमघट गर्न थालेपछि ती न्यायधीशले कस्तो कार्यसम्पादन वा फैसला गर्लान् त्यो वर्णन गरिरहनुपर्ने विषय रहेन । त्यसैले सर्वोच्चका न्यायाधीशमा जो सिफारिस भए तिनलाई योग्य÷अयोग्य भनेर हङ्गामा मच्चाउनुको कुनै अर्थ छैन ।
विवादै–विवादले घर गरिरहेको नेपालको समग्र विषय र परिवेशहरूमा कम्युनिस्ट आन्दोलनमा सङ्कट वा विचलन आएको निष्कर्ष निकालिँदै छ । नेपालमा कम्युनिस्टहरूले गर्दा नै राजनीतिक स्थायित्व कहिल्यै प्राप्त भएन । विदेशीको नक्कल गरेर नेपालमा कम्युनिस्ट पार्टीहरू चलाउने नेताहरू आफ्नो दुनो सोझ्याउन सफल भए तापनि नेपाली जनता र मुलुकले पञ्चायतकालमा जति उपलब्धि पनि हासिल गर्न सकेनन् । स्वतसिद्ध तथ्य हो कि कुनै पनि चिजलाई क्षणभरमै बिगार्न सकिन्छ, बनाउन धेरै समय लाग्छ । विश्वभरि नै कम्युनिस्टहरूले हत्या र हिंसा अनि गलत अफवाहहरू फैलाएर अराजक राजनीतिको सहारा लिने गरेकाले कम्युनिज्म विस्थापित हुने अवस्थामा पुगेको हो । आफ्नो घर पनि नबनाउने र अर्काको पनि बिगार्ने कम्युनिस्टहरूको ‘मूलमन्त्र’ले गर्दा अन्तर्राष्ट्रिय जगत् कम्युनिस्टमैत्री छैन आजको युगमा । जहाँ बसे पनि वा जहाँ छिरे पनि सङ्गठन बनाइहाल्ने र त्यसको बलमा आफ्नो फाइदाका लागि शक्तिको दुरुपयोग गरिहाल्ने ‘कम्युनिस्ट हुँ’ भन्नेहरूको आदत नै हो । त्यसैले गैरकम्युनिस्टले कम्युनिस्टलाई जहिले पनि शङ्काको दृष्टिले हेर्ने गर्दछन् । खराब नियत, सिद्धान्त र सङ्गठनको दुरुपयोग र मानवताविरोधी क्रियाकलापहरूले गर्दा कम्युनिस्टहरू विश्वमा प्रायशः विघटन र प्रतिरक्षात्मक अवस्थामा पुगेका हुन् ।
अमेरिकामा कम्युनिस्टलाई आतङ्वादीको दर्जामा राखेर हेरिन्छ । त्यसैले त्यहाँ कम्युनिस्टहरू भए पनि आन्दोलित र सङ्गठित हुन गाह्रो परेको हो । अन्य धेरै विकसित राष्ट्रहरूमा पनि कम्युनिस्टको सङ्ख्या ठूलो भए पनि तिनीहरू दबिएर बस्न बाध्य छन् । कट्टर कम्युनिस्ट भएका व्यक्तिहरू पनि एकपटक कम्युनिस्टविरोधी भएपछि फेरि दोबारा कम्युनिस्ट बन्दैनन्, कम्युनिस्ट पद्धति र प्रक्रियालाई नै घृणा गर्न थाल्दछन् । नेपालमा त यतिबेला नक्कली कम्युनिस्टको बिगबिगी छ । नेपाली समाजमा भएकाजति पनि गुन्डा, सामन्ती, ठग, भ्रष्टाचारी, दुराचारी, अपराधीहरू कम्युनिस्ट भएका छन् र मातृपार्टीको लालझन्डामुनि तिनीहरू सुरक्षित भएर आफ्नो अपराधकर्मलाई जारी राखिरहेका छन् । नेपालका कम्युनिस्ट पार्टीहरूमा यदि कोही चोखा व्यक्ति बाँकी छन् भने तिनले राम्ररी अध्ययन गरून्, नेपाली समाज अस्तव्यस्त पार्ने प्रमुख कारकतŒव नै कम्युनिस्टहरू हुन् ।
अन्य मुलुकहरूमा झैँ नेपालमा पनि कथित कम्युनिस्टहरू झुटा अफवाह फैलाउनमा माहिर छन् । सामन्तवादको जड राजतन्त्र हो, त्यसलाई फालेपछि जनता धनी हुन्छन्, सबै समस्या सकिन्छ भनेर नथाक्ने कम्युनिस्टहरू वर्तमान नेपाली जनताको जीवनस्तरको सन्दर्भमा के भन्छन् ? उही हो ‘नयाँ संविधान बनेपछि आर्थिक क्रान्ति हुन्छ ।’ राजा सामन्ती हुन् भने नेताहरू महासामन्ती हुन् भन्ने प्रस्ट भइसकेको छ । गृहमन्त्री वामदेव गौतमले बल्लबल्ल ‘खुला सिमानाले गर्दा तराईमा अपराध बढेको’ कथा सुनाए । हिम्मत भए आजैबाट सिमानामा पर्खाल लगाउन कसले रोकेको छ ? यही हो कम्युनिस्ट प्रवृत्ति । कम्युनिस्टहरू समाजका गीत गाउँछन्, महिलाका दुःखको बेलिविस्तार लाउँछन्, पौरखका कुरा गर्छन्, कामका कुरा गर्छन्, मिहिनेतका कुरा गर्छन्, राष्ट्रियता र स्वाधीनताका भाषण ठोक्छन् तर आफूचाहिँ पलपलमा नेपाली जनतालाई ठग्छन् । ठगी गर्दै हिँड्ने कम्युनिस्टका लहैलहैमा अब नेपाली जनता लाग्नु हुँदैहुँदैन ।
नेपालका टोल–टोल र बस्ती–बस्तीमा कस्ता मानिसहरू कम्युनिस्ट कार्यकर्ताको खोल ओढेर बसेका छन् अख्तियारले बुझोस् । स्वतन्त्र र निष्पक्ष विश्लेषणको यो भूमिमा धेरै ठूलो आवश्यकता र भूमिका रहनेछ । त्यसैले नेपाल बिगार्ने कम्युनिस्टहरूको भण्डाफोर गर्न अब ढिलाइ गर्नुहुँदैन । कम्युनिस्टहरूले कसरी परिवार बिगार्छन्, समाज बिगार्छन् र मुलुक नै धरापमा पार्छन् भन्ने यथार्थहरू अब लुकाएर राख्नुहुँदैन । विशेषगरी नेपाली सञ्चारमाध्यमले नक्कली कम्युनिस्टहरू चिन्नुपर्दछ र यिनले सर्वहाराको नाम बेचेर कसरी मुलुकका जनतालाई लुटिरहेका छन् त्यसको विस्तृत विवरण सार्वजनिक गर्नुपर्दछ । जसरी एमाओवादी भत्केर चकनाचुर हुँदै छ, त्यसैगरी अरू कम्युनिस्टहरू पनि रसातलमा पुग्न अब धेरै समय लाग्ने छैन । यदि कम्युनिस्टहरूको अस्तित्वलाई समाप्त पार्न सकिएन भने नेपाल कहिले पनि बन्दैन किनकि नेपाल बनाउने होइन कि नेपाल कसरी बिगार्ने भन्ने विषयमा यिनीहरू गृहकार्य गरिरहेका छन् । त्यसैले सारा नेपाली मिलेर अब ठग कम्युनिस्ट र तिनका मतियारहरूको भण्डाफोर गर्न थालौँ । नेपाल बनाउने बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई अनुशरण गरौँ । हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा रहौँ र कसैले नेपाल बनाइदिँदैन, आफैँले बनाउनुपर्छ भन्ने बुझौँ ।