भारतीय जनता पार्टीले १६औँ लोकसभाको निर्वाचन पूर्ण बहुमत ल्याइसकेपछि गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केही दिनभित्रमै गठन हुँदै छ । यस विÈयलाई लिएर नेपालमा विभिन्न आशङ्का, अनुमान र बहस सुरु भएको छ । भारतले नेपालमा कस्तो नीति अङ्गीकार गर्ला ? हिन्दुत्व र राजसंस्थाबारे उसको दृष्टिकोण के हुनसक्छ, मोदीको नेपाल नीति कस्तो होला, ऋÈि धमलाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीसँग गरेको कुराकानीको मुख्य–मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
० भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको पहिलो विदेश भ्रमण नेपालबाट हुनसक्ला ?
– नेपालका प्रधानमन्त्री सुशील कोइरालाको भावी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता भएको छ । नेपालका प्रधानमन्त्रीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । पशुपतिनाथको दर्शन गरेर आशीर्वाद लिन पनि आग्रह गर्नुभएको छ । यो भारत र नेपालको सम्बन्धलाई अझै प्रगाढ बनाउन महत्वपूर्ण घटनाक्रम हो । नेपाल र भारतका जनताको हितलाई ध्यानमा राख्दै म यसलाई ऐतिहासिक घटनाक्रम मान्छु । भारतीय जनता पार्टी र नरेन्द्र मोदीको मनमा नेपाल र नेपाली, राजनेताप्रति अधिक प्रेम छ । मोदी आफूलाई नेपालको सबैभन्दा नजिक मान्नुहुन्छ । नेपालमा पशुपतिनाथ छ, हिन्दू भएको नाताले व्यक्ति नतमस्तक भएर त्यहाँ आशीर्वाद लिन्छ, विकास र जनताको भलाइका लागि । त्यो केवल नेपालमा मात्र छ । मलाई लाग्छ– अहिले मोदी सरकार बनाउने प्रक्रियामा लाग्नुभएको छ । सरकार बनाएपछि, उहाँले नेपाल भ्रमणको विÈयमा पनि सोचविचार गर्नुहुन्छ । उहाँ नेपाल आउने कार्यतालिका पनि तय भएको छ र नेपालमा पनि उहाँलाई भव्य स्वागत हुन्छ भन्ने विश्वास हामीले लिएका छौँ । किनकि नेपालमा पनि जनता, राजनेता, प्रशासक, समाजिक कार्यकर्ता सबैको चाहना यही छ– नरेन्द्र मोदी नेपाल आऊन् र दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाऊन् ।
० उसो भए उहाँको पहिलो विदेश भ्रमण नेपाल हुनसक्छ होइन त ?
– हाम्रो धारण छ कि छिमेकी मुलुकसँग मित्रवत् सम्बन्ध अझै प्रगाढ होस् । नेपालसँग मिलेर अनेक युद्ध लडेर भारतले आफ्नो रÔा गरेको इतिहास छ । हामी पाकिस्तानसँग पनि मित्रवत् व्यवहार राख्न चाहन्छँँै । नरेन्द्र मोदीको नेतृत्वमा भारत हाम्रा छिमेकी चीन, बंगलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स सबैसँगै नेपालसँग पनि नजिकको मित्रवत् सम्बन्ध बनाउन चाहन्छ । म भारतीय जनता पार्टीको विदेश विभाग प्रमुखको नाताले एउटा कुरा स्पष्ट पार्न चाहन्छु– हामी राष्ट्रवादी छौँ, हिन्दू हौँ, यसको अतिरिक्त हामी सबै धर्मलाई सम्मान गर्छौं । हामी सबैसँग मिलेर सुदृढ सम्बन्ध बनाउँदै सबैको विकासमा साझेदार भएर अघि बढ्छौँ । नेपाल हिन्दूबाहुल्य राष्ट्र हो । हिन्दू कसैको विरुद्ध लड्दैन । हिन्दू आफ्नो रÔा गर्दै अरूको पनि रÔा गर्छ ।
० नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाल र भारतबीचको सम्बन्ध कस्तो होला ?
– अहिले युवापिँढीमा नेपाल र भारतबीचको सम्बन्ध सुदृढ होस् भन्ने भावना छ । हामीले एक–अर्काको सहयोग यातायात, उद्योग, इन्फ्रास्ट्रक्चर विकास, शिÔा, सैन्य सहायताको Ôेत्रमा, आतङ्कवादी गतिविधिलाई परास्त गर्ने Ôेत्रमा सहयोग र समन्वय गर्नुपर्छ । दुवै देश विकास चाहन्छन् । यसमा मिलेर अघि बढ्नुपर्छ ।
० नरेन्द्र मोदीको नेतृत्वमा सरकार बनिसकेपछि आन्तरिक रूपमा नेपालको राजनीतिमा भारतको हस्तक्षेप रहने हो कि ?
– भारतीय जनता पार्टीले सधैँ यो मानेको छ कि नेपालमा जे हुन्छ त्यो नेपालको जनता र राजनेताले तय गर्नुपर्छ । भारतले एक छिमेकी भएको नाताले नेपालको आन्दोलनमा हस्तÔेप गर्न हुँदैन । भारतीय जनता पार्टीको सधैँ एउटा धारणा रहेको छ कि नेपाल र नेपाली हाम्रै भाइ र बहिनी हुन् । भाइ र बहिनीबीच जसरी माया, प्रेम, समझदारी र एक–अर्कालाई बलियो बनाउने कुरा गरिन्छ । त्यस्तै व्यवहार हामी पनि गर्छौं । नेपाल र भारत दुवै बलियो हुनुपर्छ भन्ने सोच्छौँ हामी । हामी सधैँ भारत र नेपालबीचको सम्बन्धलाई अझै सुदृढ बढाउनुपर्छ भन्ने पÔमा छाँै । नेपालमा रहेर भारतविरोधी गतिविधि गर्नेहरूलाई पनि दुवै देश मिलेर परास्त गर्नुपर्छ । नरेन्द्र मोदीको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने र आर्थिक रूपमा सम्पन्न नेपाल बनाउने नीति अङ्गीकार गर्नेछ ।
० नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर केही समयअघि भाजपाका राष्ट्रिय अध्यक्ष राजनाथ सिंहले नेपालमै आएर दिनुभएको अभिव्यक्तिमा तपाईंहरू अझै पनि अडिग हुनुहुन्छ ?
– नेपाल हिन्दूराष्ट्र हुन्छ कि हुँदैन भन्ने कुरा स्वयम् नेपाली जनताले निर्णय गर्ने विÈय हो । नेपाल हिन्दू बाहुल्य हुँदाहुँदै माओवादीका कारण जसरी नेपाल धर्मनिरपेÔ राष्ट्र भयो त्यस विÈयमा रिपोर्टर्स क्लब नेपालकै साक्षात्कार कार्यक्रममा भारतीय जनता पार्टीका अध्यÔ राजनाथ सिंहले चासो व्यक्त गर्नुभएको थियो । हिन्दू राष्ट्रवादी भएको नाताले उहाँको चासो र चिन्ता स्वाभाविक थियो । तर, उहाँले नेपालको निर्णय नेपाली जनताले लिनुपर्छ र नेपालको आन्तरिक मामिलामा हामी हस्तÔेप गर्दैनौँ भनेर स्पष्ट पार्नुभएको थियो । नेपालमा बहुसङ्ख्यक हिन्दू हुँदाहुँदै जनआन्दोलनको नाममा जसरी धर्मनिरपेÔ राष्ट्र बनाइयो एउटा हिन्दू भएको नाताले हाम्रो चिन्ता र चासो कायम छ । नेपाल हिन्दू राष्ट्र भएको नाताले यहाँको प्रति प्रेम, श्रद्धा र सम्मान रहेको तथ्यलाई भुल्नुहुँदैन ।
० भाजपा नेपाललाई पुनः हिन्दूराष्ट्र बनाउन सक्रिय भएर लाग्छ त ?
– भारतीय जनता पार्टी दबाबको राजनीतिमा विश्वास गर्दैन । नेपाल कुन बाटोमा चल्ने हो त्यो स्वयम् नेपाली जनताले तय गर्नुपर्छ । तर, एउटा हिन्दू भएको नाताले म एउटा कुरा भन्न सक्छु, मलाई हिन्दू भएकोमा गर्व छ । ९० प्रतिशतभन्दा बढी नेपाली जनतालाई हिन्दू भएकोमा गर्व छ । र, भाइबहिनी हुनुको नाताले उनीहरूको भावनालाई म समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तर, नेपाली जनताले जुन किसिमको व्यवस्था चुनेका छन्, जुन नीति चाहन्छन् त्यो उनीहरूकै कुरा हो । हामी दबाबमा कसैलाई पनि काम गर्न विवश गर्दैनौँ ।
० नेपालमा राजतन्त्रका सहयोगीहरूलाई र हिन्दूवादीहरूलाई भारतीय सहयोग अब कस्तो हुन्छ ?
– भारत र नेपालले एक–अर्काबाट धेरै कुरा बुझ्नुपर्छ । दुई देश एक–अर्काको अरू नजिक आउनुपर्छ । नेपाल र भारतमा जस्तो बहुलोकतान्त्रिक पद्धति छ । जनताको म्यान्डेटलाई आत्मसात् गर्दै लोकतान्त्रिक राज्य–व्यवस्थालाई दुवै देश सुदृढ गर्नतर्पm लाग्नुपर्छ । संसदीय प्रजातन्त्रलाई सुदृढ गर्दै हतियारको राजनीतिलाई अन्त्य गर्नुपर्छ र विकासको बाटोमा अघि बढ्नुपर्छ ।
० मनमोहन सिंहको विदेश नीतिमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि नेपाल नीतिमा परिवर्तन आउँछ कि आउँदैन ?
– यूपीए सरकारको दशवर्Èे कार्यकालमा नेपालको प्रति भारतको दृष्टिकोण सशक्त रहन सकेन । एक छिमेकी देश भएको नाताले नेपाल र भारतबीचको सम्बन्धलाई जसरी अघि बढाउनुपर्दथ्यो त्यसरी अघि बढ्न सकेन । नेपालमा जनआन्दोलनको बेला पनि जुन किसिमको परिस्थिति बन्यो त्यसमा काङ्ग्रेसका नेता करण सिंहले जुन भूमिका निर्वाह गर्नुभयो त्यो सबैको चासोको विÈय बन्यो । त्यसैले आजको परिस्थितिमा नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार एउटा भाइ भएको नाताले खुला हृदयले नेपालको जनताको हितमा काम गर्छ । त्यसको पÔमा छ । दुवै देशमा यो सम्बन्धले विकासको आँधी चलोस् भन्ने हामी चाहन्छौँ । नेपालको राजनीतिमा भने हाम्रो हस्तÔेप हुँदैन ।
० नेपालमा नयाँ संविधान निर्माणमा भारतीय सहयोग कस्तो रहन्छ ?
– हामीसँग नेपालका राजनीतिक दलका नेताहरूले नेपाली जनतासमÔ सशक्त संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोहीअनुसार निर्माण हुनुपर्छ । हामी यो अनुरोध र अपेÔाको साथ नेपाललाई हेर्छौं कि सहमतिको आधारमा बहुदलीय प्रजातन्त्रलाई सुदृढ गर्ने गरी संविधान निर्माण होस् ।
० नेपालका प्रधानमन्त्री सुशील कोइरालाप्रति तपाईंहरूको भनाइ के छ ?
– नेपालका प्रधानमन्त्री सुशील कोइराला एकदमै परिपक्व, बुद्धिजीवी, जनतामा लोकप्रिय, मिहिनेत गर्ने, सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन सक्ने राजनेता हुनुहुन्छ । उहाँलाई हामी के सल्लाह दिनु ? तर, यो अपेÔा राख्छौँ– गठबन्धनको सरकार आपसी भाइचारा, सम्झौता र सहमतिले चल्छ । विवादित विÈयलाई बसेर सुल्झाउनुपर्छ । काङ्ग्रेसले नेतृत्व गरेकोले उहाँहरूले सबै दलसँग सहमति गरेर साथ लिएर शान्तपूर्ण सौहार्द वातावरणमा नेपालको चुनौतीलाई पार गरेर नेपाली जनताको हितमा काम गर्नुहुन्छ । भारत सरकार र भारतीय जनता पार्टीको लोकतान्त्रिक मूल्यलाई प्रवद्र्धनका लागि सधैँ समर्थन र सहयोग रहन्छ ।
० के नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि नेपालमा हिन्दू सर्किट बनाउने योजनामा लाग्नुहुन्छ ?
– नरेन्द्र हिन्दू, राजनाथ सिंह हिन्दू, लालकृष्ण आडवाणी हिन्दू, ऋषि धमला पनि हिन्दू नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि हिन्दू । हिन्दूवादी हुनुको मतलब सबैसँग प्रेम र सद्भावनाका साथ अघि बढ्नु हो । सबै धर्मलाई साथ लिएर हिँड्नुपर्छ । भाजपाले पनि मुसलमानलाई साथ लिएर हिँडेको छ । नेपालमा हिन्दूधर्मको विÈयमा जसरी निर्णय लिइयो त्यसलाई हामी लोकतान्त्रिक पद्धतिबाट भएको निर्णय मान्दैनौँ । त्यसलाई जनताले अनुमोदन गरेको हामी ठान्दैनौँ ।
० तर, संसद्ले अनुमोदन गरिसक्यो नि, यसलाई नमान्नु भनेको त भाजपाको नेपालको राजनीतिमा आन्तरिक हस्तेक्षप भएन र ?
– मैले तपार्इंलाई धेरैपटक भनेको छु– हामी नेपालको राजनीतिमा आन्तरिक हस्तक्षेप गर्न चाहँदैनौँ, तर नेपालमा हिन्दूधर्म हुनुपर्छ भन्ने हाम्रो अडान कायमै छ ।
प्रतिक्रिया