गणतन्त्र महिमा – ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
आएको गणतन्त्र यो मुलुकमा सातौं यही वर्ष हो
थाहा छैन, न भन्छ मानिस कुनै विस्मात वा हर्ष हो ?
बोल्ने माध्यम छैन, बोल्छ कसले, के अर्थ बोले पनि ?
मान्दैनन् विधिको विधान त भने लेखेर खोले पनि ।।१।।
ठूला छन् दल देखिने जति यहाँ तैँ चूप मैँ चूप छन्
खान्छन् मस्त मिलेर माथि रहँदा गुप्चूप गुप्चूप छन्
सत्ता मिल्छ भने रहन्न झगडा तेरो र मेरो कुनै
भत्ता प्राप्त भए रहन्छ तगडा हुङ्कार उस्को खुबै ।।२।।
बर्सेनी सरकारमा जुन पुग्यो, उस्ले यसै भन्दछ
‘लेख्ने छौं अब संविधान ध्र’ पहिलो उद्घोषणा गर्दछ
मैह्ना बित्छ र वर्ष बित्छ सजिलै बोल्दैन लाटोसरि
अर्को फेरि चुनाव लड्दछ उही मान्दैन लाजै धरी ।।३।।
नेता बोल्छ कुरा गरी सय थरी पानी पिए भैँm गरी
जेताकै पछि लाग्दछन् वरिपरी चम्चा हजारौं थरी
बोल्दैनन् दलका समेत अगुवा ती कार्यकर्ता पनि
गाँड्फत्ते गणतन्त्रमा हुन गयो मुर्दासरी जीवनी ।।४।।
छैनन् कानुन, संविधान र नियाँ गर्ने निसापैm पनि
मर्ने जीवन बेर्थ भो सहिदको छैनन् हिसाबै पनि
कैयौंको घरबास नष्ट हुन गै आधार बाँच्ने गयो
आएको पनि लोकतन्त्र विचराध्र बेकार बेकार भो ।।५।।
राजा एक थिए, गए, अरू बढे, राजा अनेकौं भए
कोही राजकुमार भैँm मुलुकमा उद्दण्ड बन्दै रहे
लुट्ने, घूस लिने– दिने किसिमको पैmल्यो नराम्रो प्रथा
थाले साधु बनी निचोर्न जनता गुण्डा–लफङ्गा यता ।।६।।
लाटो संसद भो, सभासदहरू बेकाम बन्दै गए
नेताले दलमा विभाजन गरी बिर्ता बनाई रहे
मानौं बन्धकभैँm भयो मुलुक नै नेता फटाहा हुँदा
यत्रो क्रान्ति ? समेत धूमिल भयो षड्यन्त्रले घेरिंदा ।।७।।
आएको अझ लोकतन्त्रमहिमा नौ वर्ष नाघी सक्यो
रित्तो देश बनी विशेष जनता गिर्दै उँधो गैरह्यो
छैनन् देश र देशका उपरमा बोल्ने कुनै सज्जन ?
धूर्तै धूर्त बढे तथापि दलकै नेता बने दुर्जन ।।८।।
नेताबाट हुँदैन काम गतिलो रक्षा प्रजातन्त्रको
हामी नै नजुटे रहन्छ कसरी स्वायत्तता देशको ?
निर्धो भैकन बस्नु हुन्न नि निको हे वीरका सन्तति
हाम्रो क्रान्ति भएन ता अब भने होला र के उन्नति ।।९।।
हाम्रो जीवन फेर्नु पर्दछ शखे हामी स्वयं ब्यूँझिई
हामी मस्त सुत्यौँ परेर भरमा न्यूरेर सानो भई
सोझो भैकन गर्ब लीकन उठौं हुङ्कार ठूलो गरौँ
मर्नै पर्छ भने स्वतन्त्रसितले धावा गरेरै मरौँ ।।१०।।
प्रतिक्रिया