‘नेपाली आमाको घर’लाई आर्थिक सहयोग

‘नेपाली आमाको घर’लाई आर्थिक सहयोग


नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल प्रज्ञा–प्रतिष्ठान)ले ‘नेपाली आमाको घर’लाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कालिकोट नजिकैको घट्टेखोला किनारमा बडेमानको ढुंगाको ओडारलाई घर बनाएर बसोबास गर्दै आएकी ७२ वर्षीया गंगामाया पुलामी मगरलाई नगद पाँच हजार पाँच सय आर्थिक सहयोग गर्ने भएको हो ।

पतिसहित दुई छोरा, दुई छोरी, नाति–नातिना तथा पनातिकी धनी गंगामाया विगत दश वर्षदेखि सपरिवार उक्त ओढारमा बस्दै आएकी छन् । उनको जीवनयापनमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त आर्थिक सहयोग गर्ने निर्णय गरिएको संगठनका अध्यक्ष धनबहादुर कार्कीले बताए ।

कार्कीका अनुसार संगठनद्वारा दशैँ तथा तिहारको उपलक्ष्यमा संगठद्वारा सञ्चालित ‘दशैँ उपहार चिठ्ठा’ कार्यक्रमबाट बचत भएको रकम सहयोग गर्ने निर्णय गरिएको हो । कार्कीले उक्त सहयोग बुझिदिनका लागि ती आमाका आफन्त तथा चिनजानका व्यक्तिले आफ्नोे मोबाइल नम्बर ९८४९३०२२५७ मा सम्पर्क राख्न अनुरोध गरेका छन् ।