कैलाश सिरोहिया गिरफ्तार !

कैलाश सिरोहिया गिरफ्तार !


कान्तिपुर पब्लिकेसनका मालिक कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नागरिकता लिएको आरोपमा प्रहरीले अनुसन्धान गरी पक्राउ पूर्जी जारी गरेको केही घण्टापछि नै सिरोहिया पक्राउ परेका हुन् ।

सिरोहियालाई पक्राउ गर्न प्रहरीको तीनवटा टोलि तीन कार्यालयमा छापामार्न पुगेको थियो । कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालय, कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय र कान्तिपुर एफएमको पुल्चोकस्थित कार्यालयमा मङ्गलवार अपरान्ह एउटै समयमा प्रहरीले छापा मारेको थियो।

निजलाई कान्तिपुर दैनिकको कार्यालयमा आफ्नो कार्यकक्ष भन्दा बेग्लै कक्षमा बसेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरेको हो ।

कान्तिपुरले गृहमन्त्रीबाट भएको सहकारी ठगीसम्बन्धी समाचार सप्रमाण प्रकाशित गर्दै आएको बेला कैलाशको गिरफ्तारीलाई रहस्यपूर्ण मानिएको छ।

अनुसन्धानकर्ताहरूले कैलाश भारतीय नागरिक भएको र उनले नक्कली नागरिकता लिएको दाबी गरेका छन् । कैलाशपत्नी स्वस्तिकाको पनि दुईवटा नागरिकता भएको प्रमाण प्रहरीले फेला पारेको बताइन्छ।